ad ad

समाज


एउटै खाल्डोमा भेटिएका रोसनी र सरदको सँगै अन्त्येष्टि

एउटै खाल्डोमा भेटिएका रोसनी र सरदको सँगै अन्त्येष्टि

सुदीप भण्डारी
कात्तिक १, २०७९ मंगलबार १५:५५, सुर्खेत

दाङमा खाडलमा पुरिएको अवस्थामा फेला परेका किशोर किशोरीको अन्त्येष्टि गरिएको छ। उनीहरुको शव पोष्टमार्टमपछि मंगलबार अन्त्येष्टि गरिएको हो। 

सितलापुरस्थित बबइ नदीको घाटमा दुवै जनाको अन्तिम संस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ।

तुलसीपुर उपमहानगरपालिका १३ दमारगाउँको जंगलमा सोही वडाका १५ वर्षीया रोसनी महतरा क्षेत्री र १४ वर्षका सरद आचार्यको शव खाडल खनी पुरिएको अवस्थामा फेला परेको थियो। उनीहरुको शव आज विहान राप्ती प्रादेशिक अस्पतालमा पोष्टमार्टम गरिएको थियो।

पोष्टमार्टम पश्चात शव परिवारलाई बुझाइएको इलाका प्रहरी कार्यालय तुल्सीपुरका डीएसपी पुष्पविक्रम मल्लले जानकारी दिए।पोष्टमार्टमको रिपोर्ट आउन केही दिन लाग्ने बताइएको छ। 

रोसनी तुल्सीपुर १३ दमारगाउँकै हुन्। दंगीशरण गाउँपालिका वडा नं. ६ थपगाउँ घर भएका सरद तुल्सपुरको दमारगाउँस्थीत मामाघर बस्दै आएका थिए। असोज २७ गतेदेखि बेपत्ता भएपछि अभिभावकले प्रहरीलाई खबर गरेका थिए। 

सरद घरमा नभएको उनको घरपरिवारले अर्को दिन विहान मात्रै थाह पाएको थियो। रोसनीका बाबु आमा भारतमा रहेकाले घरमा रहेका अन्य परिवारका सदस्यले हराएको ढिला मात्र चाल पाए।

तुल्सीपुर १३ का वडाध्यक्ष मोहनलाल पौडेलले हराएको थाह भएपछि किशोर किशोरी दुवैको नम्बर मागेर प्रहरीलाई दिइ लोकेसन पत्ता लगाउन भनेका थिए। 

अर्को तर्फ जंगलमा राति रोएको आवज सुनिएको गाउँलेले बताएका थिए। गाउँलेहरुले बताएअनुसार खोज्न जाँदा शव पुरिएको अवस्थामा फेला परेको वडाध्यक्ष पौडेलले बताए। 

घटनाको अनुसन्धानको लागि केही व्यक्तिलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुल्सीपुरका डीएसपी पुष्पविक्रम मल्लले बताए।

‘केही व्यक्तिलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएका छौं। विस्तृत अनुसन्धान पछि भन्न सकिन्छ।’ 

डीएसपी ज्ञवालीले भने। कति जना पक्राउ परेको भन्ने बारेमा भने उनले खुलाएनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .