ad ad

कारोबार


रोकिएन सरकारी सर्भरमाथि साइबर आक्रमण, केन्द्र भन्छ : आक्रमणकारी विदेशका

रोकिएन सरकारी सर्भरमाथि साइबर आक्रमण, केन्द्र भन्छ : आक्रमणकारी विदेशका

नेपालखबर
माघ १५, २०७९ आइतबार १४:१०, काठमाडौँ

सरकारी सर्भरमा अझै पनि साइबर आक्रमण आइरहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रले जनाएको छ। 

शनिबारदेखि सर्भरमा भएको साइबर आक्रमण अझै भइरहेको केन्द्रले जनाएको हो।  

शनिबार विभिन्न ठाउँबाट सरकारी सर्भरमा आक्रमण हुँदा त्रिभुवन विमानस्थलसहित सरकारी वेबसाइटहरु डाउन भएका थिए। 

सरकारी निकायहरुलाई सर्भर उपलब्ध गराउँदै आएको राष्ट्रिय सूचना प्रविधि केन्द्रले एकै पटक धेरै ठाउँबाट आक्रमण भएकाले रोक्न नसकिएको जनाएको छ। 

‘मल्टिपल ठाउँबाट सर्भिस अवरोध गर्ने गरी आक्रमण भएको रहेछ’, केन्द्रका सहायक निर्देशक रमेश प्रसाद पोखरेलले भने, ‘हाम्रो सर्भर नै अफ भएको त होइन। ट्राफिक कम गरेर प्राविधिकले रोकेका हुन्।’

उनले एउटा मात्रै आक्रमण भए उतिबेलै बन्द गर्न सकिने भए पनि धेरै जनाबाट आक्रमण हुँदा सेवा बन्द गर्नुपरेको बताए। 

‘आक्रमण विदेशबाटै भएको छ। कुन कुन ठाउँबाट आक्रमण भएको अध्ययन गर्दै छौँ’, पोखरेलले भने, ‘आईटी सिस्टम बढ्दै गयो। आईटी सेक्युरिटीमा थप जनशक्ति थप गर्दै लैजानुपर्ने देखियो।’

उनले सेवा अवरुद्ध गर्ने हिसाबले आक्रमण गरेको बताउँदै तथ्यांक चोरी नभएको दाबी गरे। 

‘अलि अलि अझै पनि आक्रमण भइरहेको छ। पूर्णरुपमा समस्या समाधान भइसकेको छैन,’ उनले भने, ‘आक्रमण गर्ने ट्राफिक अहिले धेरै कम भएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .