सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजस्व वृद्धिमा सूचना प्रविधि (आईटी) क्षेत्रले ठूलाे याेगदान गर्न सक्ने बताएकी छिन्।
भृकुटीमण्डपमा आजदेखि सुरु भएको क्यान इन्फाेटेक मेला उद्घाटन गर्दै उनले सर्वसाधारणसँग जाेडिने प्रविधिकाे प्रयाेग गर्दै जानुपर्नेमा पनि उनले जोड दिइन्।
आईटी क्षेत्रमा आवश्यक कानुन मन्त्रालयले अगाडि बढाउने उनको भनाइ छ।
नेपाल उद्याेग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले सरकारले नेपाली सफ्टवेयर र प्रविधिलाई प्राथमिकता दिनुपर्ने बताए।
विदेशी इन्जिनियरभन्दा नेपाली इन्जिनियरकाे क्षमता कम नरहेकाे उनले दाबी गरे।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले आईटी क्षेत्रमा विदेशी कम्पनीलाई एजेन्टकाे रूपमा नभई ज्वाइन्ट भेन्चर्सकाे रूपमा भित्र्याउनुपर्ने बताए।
उनले आईटी क्षेत्रका विद्यार्थीले २-३ घण्टा काम गर्न सक्ने वातावरण बनाउनुपर्ने बताए।
प्रतिक्रिया