सामसङले ग्यालेकसी एम०४ का फोनको अग्रिम बुकिङ खोलेको छ। कम्पनीले दराजबाट यस्तो बुकिङ सुरु गरेको हो।
ग्यालेक्सी एम०४ ८जीबी र्यामसँगै आउँछ। यसमा र्याम थप्ने फिचर पनि छ। यसको मतलब आवश्यकताअनुसार र्याम थप्न पाइन्छ। यसबाहेकको अर्को गज्जबको सुविधा भनेको भण्डारण क्षमता १टीबीसम्म विस्तार गर्न मिल्ने हो।
स्टोरेज क्षमता यसमा मिडियाटेक हेलो पी३५ प्रोसेसरयुक्त छ। प्रयोगकर्ताले यसको प्रस्तुति, लचकता, अनेक कार्यक्षमता र अवरोधविनाको खेल यसका थप विशेषता हुन्।
ग्यालेक्सी एम०४ मा ५ हजार एमएएच ब्याट्री छ भने ६.५ इन्च डिस्प्ले छ। यसमा एडप्टिभ पावर सेभिङ मोड छ जसले स्वतः यो मोडमा लैजान सक्छ। यदि ५० प्रतिशतबाट ब्याट्री घट्यो भने यसको एआई पावर मेनेजमेन्टले एप्सलाई स्लिपमा लैजान्छ। यसले चार वर्षको सेक्युरिटी अपडेट दिन्छ।
कम्पनीका अनुसार यसको मूल्य ४ जीबी र्याम र ६४ जीबी रोमको १५ हजार ९ सय ९९ रुपैयाँ तथा ४ जीबी र्याम र १२८ जीबी भेरियन्टको १७ हजार ९ सय ९९ रुपैइाँ पर्छ। नेपालमा यो दुईवटा रंगमा उपलब्ध छ।
प्रतिक्रिया