कारोबार


गुगलमा यस वर्ष पनि धेरै जनाले जागिर गुमाउने सम्भावना

यसो भन्छन् कम्पनीका सीईओ सुन्दर पिचाई
गुगलमा यस वर्ष पनि धेरै जनाले जागिर गुमाउने सम्भावना

गुगलका सीईओ सुन्दर पिचाई


नेपालखबर
माघ ४, २०८० बिहिबार २१:१८, काठमाडौँ

टेक कम्पनी गुगलमा यस वर्ष पनि धेरै जनाले जागिर गुमाउने सम्भावना देखिएको छ। 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर पिचाईले कर्मचारीलाई पठाएको ज्ञापनपत्रमा सो जानकारी दिइएको हो। 

बुधवार द भर्जमा प्रकाशित रिपोर्टमा कम्पनीको आन्तरिक मेमोका आधारमा यो दाबी गरिएको हो।

समाचार एजेन्सी रोयटर्सका अनुसार गुगलका एक प्रतिनिधिले सबै कर्मचारीलाई इमेल पठाइएको पुष्टि गरेका छन्। तर त्यसमा के छ भन्ने जानकारी दिन मानेनन्।

भर्जको रिपोर्टका अनुसार, यस मेमोमा पिचाईले कामलाई सरल बनाउन र गति दिन केही क्षेत्रमा कटौती गर्न सकिने बताएका छन्।

यसले कम्पनीहरूमा कामको बोझ कम गर्न आर्टिफिसियल इन्टेलिजेन्स सफ्टवेयर र अटोमेसनको चलन बढ्दै गएको अवस्थामा गुगलमा जागिर गुमाउने प्रक्रिया यस वर्ष पनि जारी रहने संकेत गर्छ।

ज्ञापनपत्रमा पिचाईले सबै कर्मचारीलाई भनेका छन्, ‘यी पदहरूमा कटौतीको स्केल गत वर्षजस्तै हुने छैन र प्रत्येक टोलीलाई असर पर्दैन। हामीसँग केही महत्त्वाकांक्षी लक्ष्य छन् र यो वर्ष हामी ठूला प्राथमिकतामा केन्द्रित हुनेछौँ।’

गत हप्ता गुगलले आफ्नो भ्वाइस असिस्टेन्ट युनिट, पिक्सेल स्मार्टफोनको हार्डवेयर टोली, नेस्ट, फिटबिट, विज्ञापन बिक्री टोली र अगमेन्टेड रियालिटी टोलीबाट धेरै कर्मचारी हटाउन सक्ने बताएको थियो।

गत वर्ष जनवरीमा गुगलको अभिभावक कम्पनी अल्फाबेटले विश्वभरका आफ्ना १२ हजार कर्मचारी अर्थात् ६ प्रतिशत कर्मचारी कटौती गर्ने योजना घोषणा गरेको थियो।

सेप्टेम्बर २०२३ सम्म विश्वभर १ लाख ८२ हजार ३ सय ८१ कर्मचारी कम्पनीमा काम गरिरहेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .