ad ad

कारोबार


७३ प्रतिशत परिवारले बोक्छन् स्मार्टफोन, ल्यान्डलाइन प्रयोगकर्ता ह्वात्तै घटे

७३ प्रतिशत परिवारले बोक्छन् स्मार्टफोन, ल्यान्डलाइन प्रयोगकर्ता ह्वात्तै घटे

नेपालखबर
चैत ५, २०८० सोमबार १७:७, काठमाडौँ

नेपालका ७३ प्रतिशत परिवारले स्मार्ट फोन प्रयोग गर्दै आएका छन्। 

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार नेपालका ६६ लाख परिवारमध्ये ४८ लाख ६२ हजार परिवारसँग स्मार्ट फोन रहेको हो।

२०७८ मा भएको जनगणनाअनुसार ४९.४ प्रतिशत परिवारसँग टेलिभिजन हुँदा १५ प्रतिशत परिवारसंग कम्प्युटर रहेको छ। 

त्यस्तै, ३७.८ प्रतिशत परिवारको घरमा इन्टरनेट जडान रहेको पनि ताजा तथ्यांकले देखाएको छ। 

पछिल्लो १० वर्षमा ल्यान्डलाइन फोन प्रयोगकर्ता भने घटेका छन्। २०६८ को जनगणनामा ७.३ प्रतिशत परिवारसंग ल्यान्डलाइन फोन रहेकोमा २०७८ सम्म आइपुग्दा ४.५ प्रतिशतमा सीमित भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .