कारोबार


टेक्नो स्पार्क गो २ फोन नेपाली बजारमा

टेक्नो स्पार्क गो २ फोन नेपाली बजारमा

नेपालखबर
कात्तिक २, २०८२ आइतबार १३:२६, काठमाडौँ

टेक्नोले लाखौं प्रयोगकर्ताहरूको सपना पूरा गर्ने उद्देश्यसहित टेक्नो स्पार्क गो २ नेपाली बजारमा प्रस्तुत गरेको छ। 

उच्चस्तरीय फोनका जस्ता सुविधाहरुयुक्त टेक्नो स्पार्क गो २ सार्वजनिक गरिएको हो।

टेक्नो मोबाइलका सीईओ अरिजित तलापात्राले राम्रो प्रविधि सबैको पहुँचमा हुनुपर्ने कुरालाई कम्पनीले आत्मसात् गरेको बताउँदै स्पार्क गो २ मार्फत धेरै उच्चस्तरीय फोनका जस्ता सुविधाहरू एआई, अल्ट्रा स्मुथ १२० हर्जको स्क्रिन र नेटवर्क नभए पनि फोन गर्न मिल्ने सुविधा रहेको उल्लेख गरे।

उनका अनुसार नेपालमा ११ हजार ४९९ रुपैयाँको अद्भुत मूल्यमा स्पार्क गो २ ल्याएको उनको भनाइ छ।

नेपालभरका कम्पनीका ग्राहकहरूका लागि उपलब्ध यो फोन बलियो, स्मार्ट र सबैका लागि उपयोगी रहेको कम्पनीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad