कारोबार


के पाकिस्तानमा आईफोन उत्पादन गर्दै छ एप्पल?

के पाकिस्तानमा आईफोन उत्पादन गर्दै छ एप्पल?

नेपालखबर
फागुन १०, २०८२ आइतबार ११:४१, काठमाडौँ

अमेरिकी प्रविधि कम्पनी एप्पलले पाकिस्तानमा आईफोनको नवीनीकरण एवं उत्पादन गर्ने भएको छ। 

पाकिस्तान सरकारले मोबाइल र इलेक्ट्रोनिक्स उत्पादन फ्रेमवर्कमा प्रस्तावित सहुलियतमा सहमति जनाएसँगै एप्पल पाकिस्तानमा आईफोन उत्पादनमा सहमत भएको ट्रिब्युन पीकेले जनाएको छ। 

एप्पलले पाकिस्तानमा आईफोृनहरु मर्मत र तिनको पुनः निर्यातका लागि सहमति जनाएको छ। सरकारका अनुसार पहिलो वर्षमै १० करोड यस्ता आईफोन पुनर्निर्यात गर्न सकिने आशा गरिएको छ। 

यसका लागि एप्पलले छुट दरमा जग्गा माग गरेको बताइएको छ। त्यसबाहेक ८ प्रतिशत सह्ुलियत मागिएको छ। यो सुविधा भए तीन वर्ष पुराना आईफोनहरु पुनः नवीनीकृत गर्ने एप्पलको योजना छ। 

‘हामीले प्रधानमन्त्री शेहबाज शरिफबाट प्रमाणित गरिने नयाँ फ्रेमवर्कमा यी ३ कुरा राखेका छौँ’, द एक्सप्रेस ट्रिब्युनसँगको एक अन्तर्वातामा इन्जिनियरिङ डेभलपमेन्ट बोर्डका प्रमुख कार्यकारी अधिकृत हमाद अली मन्सूरले भनेका छन्। 

उनले इन्डोनेसिया, मलेसिया र भारतमा यही मोडलमा काम गर्न एप्पल अग्रसर भइरहेको बताए। ती देशमा एप्पलले २ देखि ३ वर्ष पुराना आईफोनलाई पुनर्मर्मत गर्ने लक्ष्यसाथ स्थानीय जनशक्तिलाई तालिम दिएर काम थालेको र पछि ती फोनहरुको उत्पादन सुरु गरेको उनले उल्लेख गरेका छन्। 

सरकारले यसअघि नै उत्पादक कम्पनीहरुलाई ६ प्रतिशत प्रस्तुति सहुलियत दिइसकेको छ। यद्यपि एप्पल र अन्य विश्व प्रविधि कम्पनीहरुलाई आकर्षित गर्न यसलाई ८ प्रतिशत पु¥याउन लागिएको बताइएको छ। 

मन्सूरका अनुसार सरकारले स्थानीय पार्टको प्रयोगलाई ३५ प्रतिशतसम्म पहिलो वर्षमा पु¥याउन सक्ने आशा गरेको छ। र, पछि ५० प्रतिशत पु¥याउने लक्ष्य छ। अहिले फोन उत्पादनमा १२ प्रतिशत स्थानीयकरण गरिएको छ। 

नयाँ फ्रेमवर्कमा निर्यात लेभी (शुल्क) ६ प्रतिशतसम्म लगाउने सरकारको तयारी छ। यसले ६२ अर्ब पारु आम्दानी हुनेछ भने त्यो रकम फोन उत्पादनमा स्थानीयकरणलाई प्रवर्द्धनका लागि प्रयोग गर्ने सरकारको तयारी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad