कारोबार


मोबिलिटी पार्टनर बनेर लुम्बिनी लायन्ससँग सहयात्रा गर्दै एमजी

मोबिलिटी पार्टनर बनेर लुम्बिनी लायन्ससँग सहयात्रा गर्दै एमजी

नेपालखबर
मंसिर १, २०८२ सोमबार १६:४८, काठमाडौँ

नेपालमा एमजी मोटर्सको आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रा. लि. ले देशकै ठूलो क्रिकेट लिग नेपाल प्रिमियर लिग (एनपीएल) का लागि लुम्बिनी लायन्ससँग आधिकारिक मोबिलिटी पार्टनरको रूपमा साझेदारी गरेको छ।

यस सहकार्यले टिमलाई सहज र भरपर्दो एमजी सवारी सुविधा प्रदान गर्नेछ।

पारामाउन्ट मोटर्सले लुम्बिनी लायन्सलाई एमजीका प्रिमियम सवारी साधन उपलब्ध गराउँदै खेलाडीहरूलाई उच्च मनोबल प्रदान गर्ने र आरामदायी एवम् सुरक्षित यात्राका साथ आफ्नो प्रदर्शनमा केन्द्रित हुन सहयोग गर्नेछ। यस साझेदारीले पारामाउन्ट मोटर्सको खेलकुदमा प्रोत्साहन तथा प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धतालाई निरन्तर दिएको पाइन्छ।

यसैक्रममा पारामाउन्ट मोटर्स प्रालिका महाप्रबन्धक सुनिल बहादुर क्षेत्रीले लुम्बिनी लायन्ससँग साझेदारी गर्नु एउटा अवसर भएको बताए।

‘हामी हाम्रो सवारीहरु मार्फत टिमलाई प्रत्यक्ष एमजी अनुभवका साथ मैदानमा उतार्न पाउँदा अत्यन्तै खुसी छौँ’, उनले भने, ‘एनपीएल यात्रामा मोबिलिटी पार्टनर बनेर सहयात्रा गर्दै सकेको सेवा, सुविधा प्रदान गर्ने कार्यमा हामी सदैव केन्द्रित रहनेछौँ।’ 

यस पहलमार्फत पारामाउन्ट मोटर्सले देशैभर अत्याधुनिक एमजी सवारी अनुभवहरू प्रदान गर्दै खेलकुद लगायत आधुनिक जीवनशैलीअनुरुप सेवा, सुविधा प्रदान गर्दै आफ्नो उपस्थितिलाई थप सशक्त बनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad