बाजुराको बुढीनन्दा नगरपालिका–९ स्थित अगाउँपानीमा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) का कार्यकर्ताबीच झडप भएको छ।
एकीकृत समाजवादीका कार्यकर्ताले कुकुरलाई हिर्काएको विषयमा कांग्रेस कार्यकर्तासँग उत्पन्न विवाद झडपको स्थितीमा परिणत भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार समाजवादीका कार्यकर्ताले कुकुरलाई हिर्काएको भन्दै कांग्रेसका कार्यकर्ताहरुले ढुगांमुढा गरेर लखेटेका थिए।
झडपपछि समाजवादीका कार्यकर्ताहरु अस्थायी प्रहरी चौकीमा पुगेका थिए। उनीहरुलाई प्रहरीले संरक्षण गरेको भन्दै कांग्रेसका कार्यकताहरुले प्रहरी चौकी समेत तोडफोड गरेका छन्।
झडपकै क्रममा नेकपा एकीकृत समाजवादीका कार्यकर्ता पुरबहादुर रावतमाथि चक्कु प्रहार भएको छ।
झडपमा केही व्यक्ति घाइते भएको प्रहरी जनाएको छ।
तनावपूर्ण स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर समेत गरेको बाजुरा प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक बिन्द्र बोगटीले बताए।
Shares

प्रतिक्रिया