ad ad

निर्वाचन विशेष


कांग्रेस र समाजवादीको झडपले पाण्डुसेन तनावग्रस्त, १६ प्रहरी घाइते

कांग्रेस र समाजवादीको झडपले पाण्डुसेन तनावग्रस्त, १६ प्रहरी घाइते

गोकुल जोशी
बैशाख २३, २०७९ शुक्रबार २०:३१, महेन्द्रनगर

बाजुराको बुढीनन्दा नगरपालिका–९ स्थित अगाउँपानीमा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) कार्यकर्ताबीचको झडपले उत्पन्न तनाव अझै रोकिएको छैन। 

प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालसहितको सुरक्षा टोली अहिले घटनास्थलतर्फ गएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

‘दुई जना डीएसपीसहित २५÷३० जनाको सुरक्षा टोली लगेर सीडीओसाव घटनास्थलतिर जानु भएको छ,’ सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बहादुर विष्टले भने, ‘अहिले पनि स्थिती तनावपूर्ण छ, नियन्त्रणमा आइसकेको छैन।’

सदरमुकाम मार्तडीबाट घटनास्थल करिब २० किलोमिटरको दुरीमा पर्छ। नेकपा एकीकृत समाजवादीका कार्यकर्ताले कुकुरलाई हिर्काएको विषयमा कांग्रेस कार्यकर्तासँग उत्पन्न विवाद तनावको स्थितीमा परिणत भएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार समाजवादीका कार्यकर्ताले कुकुरलाई हिर्काएको भन्दै कांग्रेसका कार्यकर्ताहरूले ढुगांमुढा गरेका लखेटेका थिए। 

झडपपछि समाजवादीका कार्यकर्ताहरु पाण्डुसेनस्थित अस्थायी प्रहरी चौकीमा पुगेका थिए। उनीहरुलाई प्रहरीले संरक्षण गरेको भन्दै कांग्रेसका कार्यकर्ताहरूले प्रहरी चौकी तोडफोड गरेका पनि गरेका छन्। 

झडपकै क्रममा नेकपा एकीकृत समाजवादी बाजुराका पुरबहादुर रावतमाथी चक्कु प्रहार भएको छ। झडपमा १६ जना प्रहरी, दुई जना कांग्रेस र दुई समाजवादीका कार्यकर्ता घाइते भएको प्रहरी जनाएको छ। झडपको तनावपूर्ण स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर समेत गरेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .