ad ad

निर्वाचन विशेष


छाङ्गरु र तिंकरको नेतृत्वमा एमालेका बोहरा

छाङ्गरु र तिंकरको नेतृत्वमा एमालेका बोहरा

असोक सिंह बोहरा (बायाँ)


गोकुल जोशी
बैशाख ३१, २०७९ शनिबार १७:५९, महेन्द्रनगर

दार्चुलाको व्याँस गाउँपालिका–१ को अध्यक्षमा एमालेका असोक सिंह बोहरा विजयी भएका छन्। 

भारतद्वारा अतिक्रमित कालापानी नजिक पर्ने तिंकर र छाङ्गरु समेटिएको वडाको नेतृत्वमा १ सय ९८ मत सहित बोहरा विजयी भएका हुन्। 

व्याँस गाउँपालिकाका सहायक निर्वाचन अधिकृत कृष्णानन्द बडूका अनुसार बोहराका प्रतिद्वन्द्वी कांग्रेसका शंकर सिंह ऐतवालले १ सय ४५ मत मात्रै ल्याएका छन्। 

शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतदानमा छाङ्गरु र तिंकर दुवै केन्द्रमा गरेर कूल ३ सय ५५ मत खसेको थियो। दुई मतदान केन्द्र रहेको छाङ्गरु र तिंकरमा कूल ६ सय ६ मतदाता छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .