काठमाडौँको डिल्लीबजार क्षेत्रको मतगणनामा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह र स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहको मतान्तर फेरि पनि १ मतमात्रै देखिएको छ।
काठमाडौँ महानगरपालिका– २९ मा पर्ने डिल्लीबजारको ३ सय मत गणना गर्दा दुई उम्मेदवारबीचको मतान्तर फेरि पनि १ मात्र देखिएको हो।
डिल्लीबजारको विजय मेमोरियल र पद्मकन्या मतदान स्थलमा खसेकामध्ये ३ सय मतको गणनामा शाह सिर्जनाभन्दा १ मतले अगाडि छन्। यसअघि पहिलो १०० मतको गणना हुँदा सिर्जना १ मतले अघि थिइन्।
पछिल्लो मतपरिणाम अनुसार शाहले ८२ र सिर्जनाले ८१ मत पाएकी छन्। नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ४९ मत प्राप्त गरेका छन्।
13.6k
Shares
प्रतिक्रिया