निर्वाचन विशेष


सोलुखुम्बुको एक मात्र नगरपालिकामा कांग्रेस विजयी

सोलुखुम्बुको एक मात्र नगरपालिकामा कांग्रेस विजयी

नेपालखबर
जेठ ४, २०७९ बुधबार १९:१६, काठमाडौँ

सोलुखुम्बु जिल्लाको एक मात्र नगरपालिका सोलुदुधकुण्डको मेयर र उपमेयरमा कांग्रेस उम्मेदवार विजयी भएका छन्।

मेयरमा ४९६८ मतसहित नाम्गेलजाङ्बु शेर्पा दोहोरिएका छन्। उनी कांग्रेसको जिल्ला सभापति समेत हुन्। 

निकटतम प्रतिद्वन्द्वी एमालेका आङकाजी शेर्पाले ४३९० मत ल्याए। 

उपमेयरमा पनि कांग्रेसकै गान्धिमाया तामाङ विजयी भएकी छन्। उनले ४६६७ मत ल्याइन्। एमालेकी मोहनकुमारी कार्कीले ४०१७ मत पाइन्।

११ वटा वडा रहेको नगरपालिकामा ६ वटा वडामा कांग्रेस, ४ वटामानेकपा एमाले र एउटा वडामा माओवादी केन्द्रका उम्मेदवारले अध्यक्ष जितेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .