ad ad

निर्वाचन विशेष


चिरिबाबुको पोज (फोटो फिचर)

चिरिबाबुको पोज (फोटो फिचर)

ललितपुरमा विजयी भएपछि चिरिबाबु र आस्था। तस्बिर : विक्रम राई/नेपालखबर


विक्रम राई
जेठ १०, २०७९ मंगलबार १९:४७, ललितपुर

ललितपुर महानगरपालिकामा चिरिबाबु महर्जन विजयी भएका छन्। 

मंगलबार साँझ सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार महर्जन दोस्रो कार्यकालका लागि महानगरको मेयरमा दोहरिएका हुन्।

विजयी भएपछि प्रमुख महर्जनले गत कार्यकालमा जनताले सम्झिन लायक काम गरेको दाबी गर्दै अब त्यो भन्दा पनि राम्रो काम गर्ने बताए।

‘पाँच वर्षको दौरान हामीले तपाईंहरूले सम्झिने किसिमले काम गरेर देखायौँ नि। त्यो अनुभवलाई साँचेर पाँच वर्षको दौरानमा हामीले के गर्‍यौं त्योभन्दा पनि अझ बढी काम गरेर देखाउँछौँ’ उनले भने।

महर्जनले नेकपा एमालेका प्रतिस्पर्धी हरिकृष्ण व्यञ्जनकारलाई पछि पारेका हुन्। 

यस्तै, उपमेयरमा नेकपा एमालेकी मन्जली शाक्य बज्राचार्य निर्वाचित भएकी छन्। उनले गठबन्धनको तर्फबाट उपमेयर उम्मेदवार नेकपा माओवादी केन्द्रका बाबुराज बज्राचार्यलाई पछि पारेकी हुन्।

 


प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .