निर्वाचन आयोगले रूपन्देही जिल्ला, प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. ३ को उपनिर्वाचन सम्बन्धी बाँकी सम्पूर्ण कार्यक्रमहरू रद्द गरिएको जनाएको छ।
आयोगले आगामी कात्तिक १७ गते सोमबारका उपनिर्वाचन गर्ने गरी तयारी गरिरहेकोमा जेनजी आन्दोलनबाट उत्पन्न परिस्थितीपछि उपनिर्वाचन रद्द गरेको हो।
राष्ट्रपतिको कार्यालयबाट भदौ २७ गते प्रकाशित विज्ञप्तिबाट प्रतिनिधि सभाको विघटन गरी आगामी फागुन २१ गते बिहीबारका दिन नयाँ प्रतिनिधि सभाको निर्वाचन गर्ने गरी मिति तोकिएको छ।
सोही कारण रूपन्देही जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ को उपनिर्वाचन सम्बन्धी बाँकी सम्पूर्ण कार्यक्रमहरू रद्द गरिएको आयोगले जनाएको छ।
सो क्षेत्रमा राप्रपाबाट निर्वाचित सांसद दीपक बोहराको निधन भएपछि उपनिर्वाचन तय भकएको थियो।

Shares

प्रतिक्रिया