रोजगार


उत्पादनतर्फ कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, ८७८५ जना उत्तीर्ण

उत्पादनतर्फ कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, ८७८५ जना उत्तीर्ण

फाइल फाेटाे


नेपालखबर
मंसिर २ , काठमाडौँ

उत्पादनमूलक क्षेत्रतर्फ दोस्रो चरणको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशन भएको छ। गत भदौ २० देखि कात्तिक २१ सम्म सञ्चालित परीक्षाको नतिजा एचआरडी कोरियाबाट प्राप्त भएको ईपीएस कोरिया शाखाले जनाएको छ। 

भाषा परीक्षामा ८ हजार ७ सय ८५ जना उत्तीर्ण भएका छन्। सो भाषा परीक्षामा सहभागी हुन १८ हजार ५ सय ९५ जनाले आवेदन दिएका थिए। आवेदन दिएकामध्ये १४ हजार ४३ जना परीक्षामा सहभागी भएका थिए। उत्पादनतर्फ पहिलो चरणको भाषा परीक्षाको नतिजा गत भदौमा सार्वजनिक भइसकेको छ। 

पहिलो चरणमा ७ हजार १ सय ४२ जना भाषा परीक्षामा उत्तीर्ण भएका थिए। सन् २०२२ को उत्पादनतर्फको भाषा परीक्षा सम्पन्न भएको ईपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कटुवालले जानकारी दिए। 

उत्पादनतर्फ सन् २०२३ का लागि भने केही ढिला मात्र परीक्षा सञ्चालन हुनेछ। सन् २०२२ का लागि पहिलो र दोस्रो चरणमा उत्तीर्ण भइ रोस्टरमा रहेका दुईतिहाइ व्यक्ति रोजगारीका लागि कोरिया गएपछि मात्र उत्पादनतर्फको परीक्षाको तालिका सार्वजनिक हुने उनले बताए। २०२२ मा उत्पादनतर्फ १५ हजार ९ सय २७ जना भाषा परीक्षा उत्तीर्ण भई रोस्टरमा छन्। 

सन् २०२३ का लागि कृषितर्फको भाषा परीक्षा आगामी डिसेम्बर/जनवरी महिनामा हुनेछ। सन् २०२२ का लागि कृषितर्फ उत्तीर्ण भएका ३ हजारमध्ये आधाभन्दा बढीको रोजगार सम्झौता आइसकेको छ। 

‘सन् २०२२ का लागि कृषि क्षेत्रतर्फ उत्तीर्ण भएका १ हजार ५०० जनाको रोजगार सम्झौता आइसकेको छ’, निर्देशक कटुवालले भने, ‘बाँकीको पनि रोजगार सम्झौता आउने चरणमा छ।’

कृषितर्फ रोष्टरमा रहेका श्रमिकको सङ्ख्या सकिन लागेकाले सन् २०२३ का लागि कृषितर्फको भाषा परीक्षा छिट्टै हुन लागेको उनको भनाइ छ। 

दक्षिण कोरिया नेपालीका लागि आकर्षक श्रम गन्तव्यका रुपमा छ। नेपाल र कोरियाबीच सन् २००८ मा रोजगार अनुमति प्रणाली (ईपीएस) सम्झौता भएको थियो।

ईपीएस सम्झौता भएयता भाषा परीक्षा उत्तीर्ण गरी करिब ७७ हजार नेपाली रोजगारीका लागि कोरिया पुगेका छन्। अहिले भाषा परीक्षा उत्तीर्ण ४० हजार नेपाली कोरियामा विभिन्न क्षेत्रमा काम गरिरहेका छन्। कोरियामा ईपीएस प्रणालीबाट विदेशी कामदार भित्र्याउने सूचीमा नेपाल दोस्रो सूचीमा छ। पहिलो सूचीमा कम्बोडिया छ। रासस

मंसिर २, २०७९, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.