नेपालमा अनलाइन प्लेटफर्म आधारित राइड सेयरिङ, कुरियर सेवा, खाना डेलिभरी र अन्य अनलाइन सेवामा कार्यरत श्रमिकहरूको हित र अधिकारको रक्षा गर्न 'राइडर्स युनियन नेपाल' गठन भएको छ।
माधव प्रसाद पाण्डेको नेतृत्वमा यो युनियन गठन गरिएको हो। अध्यक्ष पाण्डेले यस युनियनको स्थापनासँगै अनलाइन सेवामा काम गर्ने श्रमिकहरूको अधिकार र सुरक्षामा सुधार ल्याउने बताएका छन्। यस युनियनको उद्देश्य अनलाइन प्लेटफर्मसँग सम्बन्धित सेवामा काम गर्ने श्रमिकहरूको कामको अवस्था सुधार गर्नु र उनीहरूको हकहित सुनिश्चित गर्नु रहेको उनको भनाइ छ।
उनले भने, ‘नेपाल ट्रेड युनियन महासंघसँग सम्बन्धित यो युनियन नेपालका विभिन्न सहरहरूमा कार्यरत राइडर्स, डेलिभरी ब्वाइ र अन्य श्रमिकहरूको अधिकारको संरक्षणमा सक्रिय रहनेछ। युनियनका सदस्यहरूले कामको समयमा गरिने शोषण, असुरक्षित कार्य अवस्था र न्यूनतम तलबका मुद्दामा संघर्ष गर्नेछन्।’
Shares

प्रतिक्रिया