रोजगार


मुलुकको आर्थिक विकासका लागि सीपयुक्त जनशक्ति आवश्यक छ: मन्त्री भण्डारी

मुलुकको आर्थिक विकासका लागि सीपयुक्त जनशक्ति आवश्यक छ: मन्त्री भण्डारी

नेपालखबर
असार ५, २०८२ बिहिबार १६:१६, काठमाडौँ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सीपयुक्त जनशक्ति तयार गर्न सरकारले आन्तरिक रोजगारी दशक मनाउन लागेको बताएका छन्।  

बिहीबार ललितपुरमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सीप नभएसम्म कुनै कुराको सम्भावना नहुने र यसैलाई मनन गरेर सरकारले रोजगारी दशक मनाउने घोषणा गरेको बताएका हुन्। 

मुलुकको आर्थिक विकासका लागि सीपयुक्त जनशक्ति आवश्यक रहेको बताउँदै यसमा सरकारले ध्यान केन्द्रित गरिरहेको उनको भनाइ छ। 

‘सरकारले रोजगारी दिन्छ नदिने भन्ने हुँदैन। तर त्यसमा सीमा हुन्छ। बढी रोजगारी दिन सक्दैन। रोजगारीका लागि सरकारले वातावरण तयार गरिदिने हो। प्रमुख रोजगारीको क्षेत्र भनेको निजी क्षेत्र नै हो,' उनले भने, 'निजी क्षेत्रसँग सहकार्य गरेर नै सरकारले राजगारीका अवसरहरू सिर्जना गर्ने हो। मुलुकको आर्थिक समृद्धि र अभिवृद्धि निजी क्षेत्रसँग सहकार्य गरेर हुन्छ भन्नेमा हामी विश्वस्त छ।’

श्रममन्त्री भण्डारीले वैदेशिक रोजगारलाई रोकेर नरोकिने बताउँदै स्वदेशमै धेरैभन्दा धेरै जनशक्तिलाई रोजगारी दिनका लागि सरकार तत्पर रहेको समेत बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad