नेकपा एमालेका सचिव योगेश भट्टराई लगातार पछि परिरहेका छन्। सुरुदेखि नै उनलाई सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीले पछि पारिरहेका छन्।
ताजा अवस्थामा खेलप्रसाद ले १६ हजार ७२४ मत ल्याएका छन्। उनलाई पछ्याइरहेका योगेशले अहिलेसम्म १६ हजार ३१८ मत ल्याएका छन्।
योगेश र खेलप्रसादबीचको मतान्तर ४०६ रहेको छ। सुरुमा करिब एक हजारसम्म रहेको मतान्तर पछिल्लो समय योगेशले घटाउँदै लगेका छन्।
ताप्लेजुङमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उम्मेदवार होमप्रसाद तुम्बाहाम्फेले हालसम्म ८०४ मत पाएका छन्।
२०७४ सालमा ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि योगेश पर्यटनमन्त्रीसमेत भएका थिए।
मंसिर ७, २०७९, बुधबार
प्रतिक्रिया