कलाकार मुकुन्द थापा अस्पताल भर्ना भएका छन्। खलनायकका रुपमा चर्चामा आएका उनी ‘आँधी तुफान-२’ चलचित्र छायाँकनका क्रममा घाँटीमा समस्या देखिएपछि ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा भर्ना भएका हुन् ।
चलचित्र कलाकार संघका उपाध्यक्ष मोहन निरौलाले उनको घाँटीभित्र गिर्खा पलाएकाले अस्पताल भर्ना भएको बताए।
उनको बुधबार थाइराईड ग्लाइनको अप्रेसन गरिएको समेत निरौलाले बताएका छन्। कयौँ नेपाली चलचित्रमा खलनायकका रुपमा देखिएका थापा पछिल्लो समय हाँस्य सिरियलमा पनि देखिँदै आएका छन्।
273
Shares

प्रतिक्रिया