कला


‘मिसेस नेपाल ग्ल्याम’ भदौ १२ मा छानिने

‘मिसेस नेपाल ग्ल्याम’ भदौ १२ मा छानिने

नेपालखबर
भदौ ३, २०७८ बिहिबार १७:५, काठमाडौँ

काठमाडौँ। दोस्रो लहरको कोरोनाको कारण प्रभावित  भएको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल ग्ल्याम २०२१’ को फाइनल स्पर्धा भदौ  १२ मा आयोजना हुने भएको छ। 

आयोजक ग्ल्याम वर्ल्ड इन्टरटेनमेन्टले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको अन्तिम स्पर्धा भदौ १२ गते ललितपुरको बालकुमारीस्थित म्युजिक सिटी हाल आयोजना गर्न लागेको जानकारी दिएको छ।

प्रतिस्पर्धामा यो पटक शान्ति मगर लिम्बु, रमिता यादव, शोभा शाही, रंगा लक्ष्मी फुयाल, अन्जना खड्का, बवि शाह, सुनिता श्रेष्ठ, सरिता श्रेष्ठ, उर्मिला कार्की र कल्याणी सुवाललगायत एक दर्जन महिला उपाधिका लागि भिड्दै छन्। 

विवाहित महिलाहरुको प्रतिभा निखार्दै उनीहरुको भविस्य सुधार्ने उदेश्य प्रतियोगिताको रहेको आयोजक ग्ल्याम वल्र्ड इन्टरटेनमेन्ट प्रा.लिका प्रिती कार्कीले बताइन्।

सञ्चारकला, विकास मोटिभेसन, लिडरसिप, ड्रेङसेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिल लगायतका प्रशिक्षणसहित अन्तिम स्पर्धाका लागि प्रतियोगी तयार रहेको कार्यक्रम संयोजक आकाश गिरीले बताए। कार्यक्रममा कोरोना कारणले रोकिएको ट्यालेन्ट राउण्ड समेत आयोजना हुनेछ ।

शीर्षसहित विभिन्न आधा दर्जन विजेता छानिने प्रतियोगिताको कोरियोग्राफी आश्विनी झाले गरिरहेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad