कला


विमानस्थलमा सलमानलाई रोकेर सामाजिक सञ्जालमा ‘हिरो’ बनेका सोमनाथले पाए पुरस्कार

विमानस्थलमा सलमानलाई रोकेर सामाजिक सञ्जालमा ‘हिरो’ बनेका सोमनाथले पाए पुरस्कार

नेपालखबर
भदौ ९, २०७८ बुधबार १७:५०, काठमाडौँ

बलिउड सुपरस्टार सलमान खानलाई ‘टाइगर थ्री’ फिल्म सुटिङका लागि मुम्बईबाट रुस जानु थियो। यस क्रममा मुम्बईस्थित विमानस्थलमा खटिएका सेन्ट्रल इन्डस्ट्रियल सेक्युरिटी फोर्स (सीआईएसएफ) का एएसआई सोमनाथ मोहन्तीले उनलाई चेकजाँचका लागि गेटमा रोके। 

यसपछि यो घटना निकै चर्चामा आइरहेको थियो र सीआईएसएफ अफिसर सोमनाथ सामाजिक सञ्जालमा ‘हिरो’ बनेका थिए।

भारतीय सञ्चारमाध्यमका अनुसार घटना सार्वजनिक भएपछि सलमानलाई विमानस्थलमा रोकेका कारण सोमनाथ समस्यामा परेको र उनलाई सीआईएसएफको मापदण्ड उल्लंघन गरेको आरोप लगाइएको खबर आएको थियो। 

तर सीआईएसएफले यसको खण्डन गरेको छ। 

बरु उसले व्यावसायिक जिम्मेवारीमा प्रतिबद्ध देखिएको भन्दै सोमनाथलाई पुरस्कार दिइएको जानकारी दिएको छ। 

सीआईएसएफले आफ्नो ट्विटरमा लेखेको छ, ‘त्यस ट्विटमा लेखिएको खबर गलत छ र यसमा कुनै तथ्य छैन। वास्तवमा त्यस घटनामा सम्बन्धित अधिकारीलाई व्यावसायिकता देखाएबापत पुरस्कृत गरिएको छ।’ 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad