कला


अक्षय कुमारको ‘बेलबटम’ले ६ दिनमा कति कमायो?

अक्षय कुमारको ‘बेलबटम’ले ६ दिनमा कति कमायो?

नेपालखबर
भदौ ९, २०७८ बुधबार १७:५९, काठमाडौँ

अभिनेता अक्षय कुमारको बहुप्रतिक्षित फिल्म ‘बेलबटम’ १९ अगस्टमा रिलिज भयो।

महाराष्ट्रमा सिनेमाघर यतिबेला बन्द छन्। जुन राज्यहरूमा सिनेमा हलहरू खुल्ला छन्, ती ५० प्रतिशत क्षमताले चलिरहेका छन्। यसको प्रभाव ‘बेलबटम’को संकलनमा देखिएको छ। 

यी सबैको बीचमा, बेलबटमले बक्स अफिसमा ६ दिनको सफर पूरा गरेको छ। यस अवधिमा करिब १६ करोड कलेक्सन गरेको छ।

यो फिल्म बिहीबार रिलिज भएको थियो। पहिलो दिनमा २.७५ करोडको संकलन गरेको थियो। दोस्रो दिन भने संकलन घटेर २.६० करोडमा पुग्यो। शनिबारबाट सुरू भएको सप्ताहन्तसँगै, कलेक्शन बढ्दै गयो। आइतबार ४.४० करोड संकलन भयो। फिल्मले ४ दिन लामो ओपनिङ सप्ताहन्तमा १२.७५ करोड कमायो।

यो फिल्म भारतमा मात्र नभई विदेशमा पनि रिलिज गरिएको छ।

‘बेलबटम’ रञ्जित तिवारी निर्देशित एक जासुस थ्रिलर फिल्म हव। जसमा विमान अपहरणको कहानी छ। अक्षयले ‘बेलबटम’को कोडनेम एक गोप्य एजेन्टको भूमिका निर्वाह गरेका छन्, जसलाई अपहरण गरिएको विमानबाट भाग्ने जिम्मा दिइएको छ। फिल्ममा अक्षय कुमारकी श्रीमतीको भूमिकामा वाणी कपूर छिन्।

लारा दत्ताले तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिका निभाएकी थिइन्। हुमा कुरैशी गुप्त अपरेशन मा अक्षय कुमारको सहयोगी देखिन्छिन्। 

अक्षय ‘बेलबटम’को मार्फत् करिब २० महिनापछि ठूलो पर्दामा फर्किएका हुन् । उनको पछिल्लो पटक रिलिज भएको फिल्म ‘गुड न्यूज’ थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad