कला


प्रगतिशील गायक जेबी टुहुरेको निधन

प्रगतिशील गायक जेबी टुहुरेको निधन

नेपालखबर
भदौ १०, २०७८ बिहिबार १३:८, काठमाडौँ

प्रख्यात प्रगतिशील गायक जेबी टुहुरेको बिहीबार दिउँसो निधन भएको छ। मंगलबार दिउँसो काठमाडौंको कलंकीस्थित निवासमा लडेपछि उनलाई उपचारका लागि बल्खुस्थित बयोधा अस्पतालमा लगिएको थियो।

उपचारमा संलग्न चिकित्सकहरुले उनलाई ‘स्ट्रोक’ भएको बताएका थिए। ७६ वर्षीय टुहुरेलाई सीसीयु कक्षमा राखेर उपचारका क्रममा निधन भएको पुष्टि माओवादी नेता सरल सहयात्रीले गरेका छन्। 

वि.सं. २०२४ सालदेखि सांगीतिक क्षेत्रमा लागेका टुहुरेले १ सय ५० भन्दा बढी गीत गाएका छन्। ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई, सुखको सधैँ प्यासी बनेर’ बोलको चर्चित जनवादी गीत उनको सबैभन्दा प्रख्यात गीत हो। जुन गीत उनले वि.सं. २०३४ सालदेखि गाउँदै आएका थिए।

टुहुरेले गाएको अर्को चर्चित गीत ‘बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुँदो छ, लाखौंको लागि उजाड छ यो देश मुठ्ठीभरलाई त स्वर्ग छ’ पनि मानिसहरुको जिब्रोमा झुण्डिएको छ। 

टुहुरे सुनसरीको धरान निवासी हुन्। उनको खास नाम जुठबहादुर खड्गी थियो। टुहुरेलाई एकीकृत माओवादीले दोस्रो संविधानसभामा समानुपातिक सभासद पनि बनाएको थियो। 

उनको पार्थिव शरीरलाई आजै दिउँसो साढे १ बजेदेखि साढे २ बजेसम्म पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिँदैछ। त्यसपछि दिउँसो ३ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार तयारी गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad