कला


सुटिङको क्रममा प्रियंका चोपडाको निधारमा लाग्यो चोट

सुटिङको क्रममा प्रियंका चोपडाको निधारमा लाग्यो चोट

नेपालखबर
भदौ १२, २०७८ शनिबार १६:२७, काठमाडौँ

अभिनेत्री प्रियंका चोपडाले हालै सामाजिक सञ्जालमा आफ्ना केही तस्बिरहरू सेयर गरिन्।

तस्बिरमा उनको निधार र अनुहारमा गहिरो घाउ देखिएको छ। प्रियंकाले दुई तस्बिर साझा गरेकी छन्, जसमा पहिलो फोटोमा उनको निधारमा गहिरो घाउ देखिएको छ, रगत बगिरहेको छ।

अर्को तस्बिरमा प्रियंका चोपडाको आँखा र गालामा चोट लागेको छ। प्रियंका चोपडा यतिबेला आफ्नो आगामी हलिउड सिरिज 'सिटाडेल' को सुटिङमा व्यस्त छिन्।

यसैबीच, प्रियंका सेटमा एउटा दृश्य खिच्दै गर्दा घाइते भएकी थिइन्। फिल्ममा एक्सनको दृश्य सुट हुँदै थियो। साथमा रिचर्ड मैडेन र पेड्रो लिएन्ड्रो पनि थिए।

प्रियंका चोपडा यस फिल्ममा एक जासुसको भूमिकामा छिन्। प्रियंका चोपडा पछिल्लो केही दिनदेखि लण्डनमा यो फिल्मको सुटिङमा व्यस्त छिन्।

यसअघि उनले फिल्म टेक्स्ट फरयू को लागि सुटिङ पूरा गरेकी थिइन्। प्रियंका चाँडै 'मैट्रिक्स ४' मा किनु रिभ्स, मिन्डी केलिंगको साथमा देखिँदै छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad