बलिउड अभिनेत्री शिल्पा सेट्टीका विषयमा भारतीय सञ्चारमाध्यममा एउटा नयाँ खबर सार्वजनिक भएको छ।
उनले पति राज कुन्द्रासँग अलग हुने तयारी गरिरहेको खबर बलिउड हंगामाले प्रकाशन गरेको हो।
अश्लील भिडिओ बनाएको आरोपमा पति राज कुन्द्रा पक्राउ परेपछि अभिनेत्री शिल्पा तनावमा परेकी छन्। यसैकारण उनी पतिसँग छुट्टिने निर्णयमा पुगेको उनका नजिकका साथीहरूले बताएको दाबी बलिउड हंगामाले गरेको छ।
अश्लील भिडिओ निर्माणमा पति राजको संलग्नताले शिल्पा र उनको सन्तानलाई समेत आघात परिरहेको तथा राजलाई लागेको मुद्दा चाँडै समाधान हुने सम्भावना नरहेको स्रोतले जनाएको छ।
अभिनेत्री शिल्पाले सन् २००९ मा राजसँग विवाह गरेकी थिइन्। उनीहरूका एक छोरा र एक छोरी छन्।
291
Shares

प्रतिक्रिया