कला


तारा श्रीस र आर्यन तामाङले ल्याए ‘मायाको चौघेरो’ (भिडिओ)

तारा श्रीस र आर्यन तामाङले ल्याए ‘मायाको चौघेरो’ (भिडिओ)

नेपालखबर
भदौ २०, २०७८ आइतबार १८:२१, काठमाडौँ

भ्वाइस अफ नेपाल सिजन–३ का उत्कृष्ट प्रतिस्पर्धी तारा श्रीस मगर र आर्यन तामाङले पहिलो गीत  ‘मायाको चौघेरो’ ल्याएका छन्। 

गत शुक्रबार राजधानीमा एक पत्रकार भेटघाट कार्यक्रमका बीच गीतको भिडिओ सार्वजनिक गरिएको हो। 

रोमान्टिक शैलीको गीतमा युवा गायक जोसेफ शाही ठकुरीको शब्द/संगीत रहेको छ। विषम आचार्यको संगीत संयोजनले गीत थप सशक्त बनेको छ। 

ए वन म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको गीतको ध्वनि सम्पादन किशोर थापाले गरेका हुन् ।

गीतको भिडियोमा पछिल्लो समयका बहुचर्चित मोडल सरोज राना प्रजा र बिना राउतको नृत्यसहितको अभिनय हेर्न सकिन्छ। 

बिनालाई एकोहोरो पछ्याइरहेका सरोजले अन्त्यमा आफ्नो मायाको चौघेरोमा पार्न सफल भएको कहाँनी गीतको भिडियोमा समेटिएको छ । गीतको नृत्य निर्देशन समेत सरोजले नै गरेका हुन् । 

भिडियोमा भक्तपुर दरबार स्क्वाएरका विभिन्न झलकहरू देख्न सकिन्छ। बसन्त कुँवरको छायाँकन, टेकेन्द्र शाहको सम्पादन रहेको गीतको भिडियो निर्देशन गौरव गिरीले गरेका हुन् । 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad