ad ad

कला


केपी ओलीले करिश्मालाई गरेको फोन ‘विवाद’मा

केपी ओलीले करिश्मालाई गरेको फोन ‘विवाद’मा

नेपालखबर
असोज २, २०७८ शनिबार १८:५४, काठमाडौँ

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई फोन गरेको भन्दै सामाजिक सञ्जालमा प्रचार गरेकी अभिनेत्री करिश्मा मानन्धरलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले ढाँटेको भन्दै व्यापक आलोचना गरेका छन्। 

शुक्रबार राति उनले ‘ठूला मान्छेले पनि आफूजस्तो सामान्य कलाकारलाई फोन गरेको’ भन्दै स्टाटस लेखेकी छन्। सुरुमा उनले स्टाटससँगै कल गरेको रेकर्ड देखिने मोबाइलको स्क्रिनसट पनि राखेकी थिइन्।

तर त्यसमा केपी शर्मा ओलीको नाममा फोन ‘इनकमिङ’ (आएको) होइन आउटगोइङ (गएको) देखिएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले टिकाटिप्पणी गरेका हुन्।

केही उदाहरण 


यसपछि नायिका मानन्धरले फोन कलको स्क्रिनसट हटाएर स्टाटस मात्रै राखेकी हुन्। 

ज्वाला संग्रौलाले भने कलाकार करिश्मा मानन्धरलाई गाली नगर्न सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेकी छन्, साथै देशको एउटा चर्चित सेलिब्रिटीले सामाजिक सञ्जालमा आफूलाई प्रस्तुत गर्दा संवेदनशीलता अपनाउन करिश्मालाई सुझाव पनि दिएकी छन्। 

आफ्नो कुराको व्यापक आलोचना भएपछि सम्भवतः यसैलाई संकेत गरेर नायिका मानन्धरले शनिबार बिहान अर्काे स्टाटस लेखेकी छन्, कसैलाई हासोको पात्र बनाउनुभन्दा पहिला सोच, तिमी को हौ? के गरिरहेको छौ? आफू ले बुझेको, जानेको गर। अरूलाइ दुख नदेऊ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .