बलिउड अभिनेता रणवीर कपुर मंगलबार (सेप्टेम्बर २८) का दिन ३९औं जन्मदिन मनाउँदै छन्।
आफ्नो बर्थ डेको दुई दिनअघि रणवीर आफ्ना गर्लफ्रेन्ड आलिया भट्टका साथ सेलिब्रेसनका लागि जोधपुर पुगेका छन्। रणवीर र आलिया दुवै आइतबार जोधपुर विमानस्थलमा एकसाथ देखिएका थिए, जसका तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार रणवीर–आलिया चाँडै विवाह गर्दै छन्। त्यसैको मिति र स्थान निश्चित गर्न र रणवीरको बर्थ डे सेलिब्रेट गर्न उनीहरू जोधपुर पुगेका हुन्।
84
Shares

प्रतिक्रिया