२०७७ सालको पद्मश्री साहित्य पुरस्कार केशव दाहालको उपन्यास ‘मोक्षभूमि’ र पद्मश्री साधना सम्मान गायक तथा संगीतकार भक्तराज आचार्यलाई प्रदान गरिने भएको छ।
खेमलाल-हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले पुरस्कार दिने निर्णय गरेको हो। प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले ट्विटमार्फत याे जानकारी दिएका हुन्।
पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मानको राशि तीन/तीन लाख रुपैयाँ छ।
दाहालको उपन्यास ‘मोक्षभूमि’ दासहरूको मुक्तिबारे लेखिएको छ। झन्डै ७ सय वर्ष पुरानो मध्ययुगीन सिंजा खस साम्राज्यका चक्रवर्ती सम्राट क्राचल्लदेवले गरेको युद्ध अपराध र पापको प्रायश्चित्तका लागि दस हजार दासलाई मुक्त गरिएपछि आएको उथलपुथलमा उपन्या केन्द्रित छ।
भजनशिरोमणिका रूपमा चिनिने आचार्य लामो समयदेखि संगीत साधनामा तल्लीन छन्। १६ वर्षकै अवधिमा दर्जनौं कालजयी गीत सिर्जना गरेका आचार्यको गायनयात्रा क्यान्सरका कारण जिब्रो काटिएयता रोकिएको छ।
Shares
प्रतिक्रिया