मुम्बई। कमल रशिद खान विवादकै कारण बेला बेलामा चर्चामा आइरहने व्यक्ति हुन्। उनी फिल्म क्रिटिक्स हुन्।
सेलिब्रेटीहरूको चरित्र हत्या गर्ने गरी सामाजिक सञ्जालमार्फत टिप्पणी गर्नु उनको स्वभाव हो। यसैकारण कमल रशिद खानको ट्विटर ह्यान्डल ब्लक भएको थियो।
तैपनि यूट्यूब, फेसबुक र इन्स्टा एकाउन्टको माध्यमबाट बलिउड सुपरस्टारहरूमाथि अनपेक्षित आरोप लगाइरहन छाड्दैनन्। कतिपयले त उनीविरुद्ध मुद्दा नै दायर गरेका छन्।
सलमान खान, मनोज बाजपेयी लगायतका कलाकारले केही समयपहिले उनीविरुद्ध मुद्दा दायर गरेका थिए।
कति छ उनीसँग पैसा?
धेरै मानिस केआरकेलाई एउटा सेलिबेटीलाई गाली गरेर चर्चामा आउने पात्रको रुपमा मात्र लिन्छन्। तर उनीसँग अकल्पनीय धन छ। उनले यो खुलासा आफ्नै फेसबुक पोस्टमार्फत् गरेका थिए।
केआरके आफैंले आफ्नो पोस्टको माध्यमबाट खुलासा गरेका थिए।
उनले आफ्नो इन्स्टाग्राम एकाउन्टमा दुबईस्थित घरका तस्वीरहरू सेयर गरेका थिए। 'मेरो दुबईमा घर छ। तस्वीरहरूमा, तपाईं विशाल कोठा, पौडी पोखरी, विशाल बगैंचा र केरारकेको घरको सुन्दर लबी देख्न सक्नुहुन्छ', उनले पोस्टमा लेखेका छन्।
के काम गर्छन् कमल राशिद खान?
केआरके महंगो र शाही सवारीको सौखिन हुन्। उनीसँग बीएमडब्ल्यू ५ सिरिज, टोयोटा ल्याण्ड क्रूजर जस्ता गाडी छन्।
कमल रशिदको खाडी देशहरूमा कपडा सम्बन्धी व्यवसाय छ। कमल रियालिटी टिभी सो 'बिग बोस'का हिस्सा समेत भएका छन्। उनले केही फिल्महरू पनि बनाएका छन्, जुन फ्लपको सूचीमा छन्।
राजनीतिक दलमा सामेल समेत थिए केआरके
कमल राशिद खान समाजवादी पार्टीमा सामेल समेत थिए। जब उनी पार्टीमा सामेल भए, उनी धेरै चर्चामा थिए। तर, पछि उनले पार्टी छाडे।
गुरदास कामतबिरुद्ध मुम्बईबाट कमल रशिदले टिकट पाए। तर २०१४मा लोकसभा चुनावपछि उनले पार्टी छोडे।
कमल रशिदले फिल्महरू पनि निर्माण गरेका छन्। यद्यपि उनी फिल्म व्यवसायमा सफल भएनन्। उनको फिल्म फ्लप भयो, त्यसपछि उनले यसलाई बन्द गरे। ट्राभल व्यवसाय सुरु गरे।
Shares

प्रतिक्रिया