कला


अनि मध्यराति समुद्रबीचको त्यो जहाजबाट शाहरुखका छोरा पनि पक्राउ परे

अनि मध्यराति समुद्रबीचको त्यो जहाजबाट शाहरुखका छोरा पनि पक्राउ परे

फाइल तस्बिर : छोरा आर्यनका साथमा अभिनेता शाहरुख खान। तस्बिर : इन्स्टाग्रामबाट।


नेपालखबर
असोज १७, २०७८ आइतबार १६:७, काठमाडौँ

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। 

एनसीबीले शनिबार अबेर राति मुम्बईमा एक क्रुज जहाजमा छापा मारेको थियो। 

एनसीबी मुम्बईका निर्देशक समीर वानखेडेले यस प्रकरणमा आर्यन खानबारे अनुसन्धान जारी रहेको जानकारी दिएका छन्।  

एनसीबीले उक्त घटनामा आर्यन खानसहित ८ जनालाई पक्राउ गरेको छ। 

शाहरुखका छाेराआर्यन खान

नारकोटिक्स कन्ट्रोल ब्युरोका अनुसार आर्यन खान, अरबाज मर्चेन्ट, मुनमुन धमेचा, नुपुर सारिका, इस्मित सिंह, मोहक जसवाल, विक्रान्त चोकर र गोमित चोपडालाई नियन्त्रणमा लिइएको हो। 

निष्पक्ष छानबिन गरिने एनसीबीको प्रतिबद्धता 
यो घटना मुम्बईमा एक क्रुजमा भइरहेको ड्रग पार्टीसँग सम्बन्धित हो। 

वानखेडेका अनुसार नियन्त्रणमा लिइएका व्यक्तिहरूसँग बयान लिने क्रम जारी छ। 

एनसीबी प्रमुख एसएन प्रधानले मुम्बई क्रुजमा भएको ड्रग्स घटनाको निष्पक्ष अनुसन्धान हुने बताएका छन्। 

उनले भने, ‘हामीले यो घटनाको निष्पक्ष अनुसन्धान गरिरहेका छौं। वास्तवमा यस प्रकरणमा बलिउड र केही धनी व्यक्ति पनि संलग्न छन्। जो भए पनि हामी कानुनको दायरामा रहेर काम गर्छाैं।’ 

वास्तवमा भएको के हो?
मुम्बईको ड्रग कन्ट्रोल स्क्वाडले शनिबार अबेर राति ठूलो अपरेसन सुरु गर्यो। 

महाराष्ट्र टाइम्सको रिपोर्टअनुसार समुद्रको बीचमा एक क्रुज जहाजमा ड्रग पार्टी चलिरहेको थियो। त्यहाँ छापा मारियो र एनसीबीको टोलीले १० जनालाई नियन्त्रणमा लियो। 

प्रहरीलाई मुम्बईबाट गोवातर्फ गइरहेको एक क्रुज जहाजमा ड्रग पार्टी चलिरहेको छ भन्ने सूचना आएको थियो। 

यसकारण एनसीबीका अधिकारीहरू पनि त्यस जहाजमा यात्रु बनेर गए।  एनसीबीले भनेको छ– क्रुज समुद्रबीचमा पुगेपछि पार्टी सुरु भयो। 

त्यसपछि त्यहाँ लागुऔषध खाने कार्यक्रम सुरु हुनासाथ एनसीबीको टोलीले  सबै व्यक्तिलाई गिरफ्तार गर्यो। जसमा एक अभिनेताका छोरा पनि छन्।

शनिबार प्रस्थान गरेको जहाज सोमबार फर्किनेवाला थियो। 

प्रहरीले जुन जहाजलाई नियन्त्रणमा लिएको छ, त्यसले केही दिनअघि मात्र सेवा सुरु गरेको थियो। 

साथै केही मिडिया रिपोर्टका अनुसार उक्त पार्टीका लागि क्रुज जहाजको टिकट दर झन्डै ८० हजार रुपैयाँ (भारतीय) थियो। 

यसैबीच यस विषयमा किसिम-किसिमका प्रतिक्रिया आउन थालेका छन्। 

याे पनि : ​‘ड्रग पार्टी’को आरोपमा शाहरुख खानका छोरा समातिएपछि हंगामा, सुनिल सेट्टीले दिए यस्तो प्रतिक्रिया (भिडिओ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .