ad ad

कला


कलाकार मनोज गजुरेलले गरे दोस्रो विवाह

कलाकार मनोज गजुरेलले गरे दोस्रो विवाह

नेपालखबर
असोज २५, २०७८ सोमबार १२:४८, काठमाडौँ

कलाकार मनोज गजुरेलले विवाह गरेका छन्। उनले सोमबार मन्जु पोखरेलसँग डोलेश्वर महादेवको मन्दिरमा गएर विवाह गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिए। 

'स-परिवार मानव सेवा आश्रम (कौशलटार)मा का बुवाआमालाई खाना खुवाएर/खाएर विवाह सम्पन्न गरेका छौँ,' मनोजले भनेका छन्। 

मनोजका अनुसार  मञ्जु न्याय सेवाकी कर्मचारी हुन्। मनोजले पहिलो पत्नी मीरा ढकालसँग ४ वर्षअघि सम्बन्धविच्छेद गरेका थिए। 

यस्तो छ मनोजको स्टाटस 

आफन्त, साथी तथा शुभचिन्तकहरुमा सुखद जानकारी !
जीवन सधैँ सरल रेखामा नहिँड्ने रहेछ। मेरो लामो वैवाहिक जीवन ४ वर्ष पहिले कानुनी रुपमा टुंगिएको कुरा यहाँहरुलाई विदितै छ। त्यसयता म मेरा छोरा र छोरीको एकल अभिभावक भएर बसिरहेको जानकारी पनि जगजाहेर नैतिकताको  छ।

जीवनयात्राको दौरानमा आत्मीय साथको आवश्यकता महशुस हुनु स्वाभाविक हो। त्यसैगरी मेरा बाबु-नानीको शिक्षा, स्वास्थ्य र भविष्यको बारेमा संवेदनशिल हुनुपनि जरुरी थियो। यी दुबै अवस्थामा साथ दिने सहयात्रीको अभाव समयक्रममा खड्किँदै आयो। बाबुनानीको आग्रह पनि यस्तै आउन थाल्यो। 

यसै क्रममा नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलजीसँग मेरो चिनजान हुनपुग्यो। बिस्तारै हाम्रो घनिष्टता बढ्न थाल्यो। एकखालको परिवेश र उस्तै खालको भोगाइबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौं। 

एकअर्काका जिम्मेवारीलाई साझा जिम्मेवारी मानेर पूरा गर्ने  बाचा गर्यौं। अगाडि आइपर्ने सु:ख/दु:खुलाई मिलेर स्वीकार र प्रतिकार गर्ने संकल्प लियौं। हामीलाई यो निर्णयमा पुग्न हाम्रा बाबुनानीहरुको सुझाव र सहमतिले पनि ठूलो मद्दत गर्यो।

सम्पूर्ण मिडियाकर्मी साथीहरुलाई सादर अनुरोध छ- कृपया मेरो व्यक्तिगत जीवनका बारेमा काल्पनिक समाचार नलेखि दिनुहोला।  मन्जुजीको इज्जत र प्रतिष्ठामा आँच आउने अमर्यादित कथा नकथिदिनुहोला। हाम्रा सन्तानको सुख र शान्तिका लागि परपीडक ट्रोल र भिडियो नबनाईदिनु होला ! 

कसैको निजी जीवनका बारेमा कपोकल्पित  समाचार बनाउने, असम्बन्धित मान्छेसँग नाम जाेड्ने, हाम्रो विगतको जीवन, वर्तमानको विवाह तथा भविष्यको योजनाका बारेमा अनुमानकारिता नगर्नुहुन पनि अनुरोध गर्दछु। त्यसैगरी हाम्रो नितान्त व्यक्तिगत मामिलाका बारेमा अनावश्यक सामग्री बनाउने कानुनी, व्यवहारिक र सामाजिक अनुमति कसैलाई नभएको कुरापनि जोडदार रुपमा जाहेर गर्दछु।

विगतका अराजक अन्तर्वार्ता, असामाजिक क्रियाकलाप तथा अभद्र व्यवहारका कारण म र मेरा छोराछोरीले ठूलो आघातबाट गुज्रनु परेको छ। त्यस्ता क्रियाकलापलाई स्थान दिने, उचाल्ने र गिजोल्ने युट्युब, अनलाइन समाचार, टिकटक लगायत संजालका प्रयोगकर्ताहरूलाई पनि भद्र सुझाव छ- कृपया एउटा जिम्मेवार अभिभावक भएर बोल्ने र लेख्ने गर्नुहोला। सामाजिक सञ्जालको चरम दुरुपयोगले आफू र आफ्ना सन्तानलाई पार्न सक्ने गम्भीर असरलाई पनि महशुस गर्नुहोला।

अन्त्यमा, पुनः सम्पुर्ण आफन्त, साथी तथा शुभचिन्तकहरुलाई  यो सुखद जानकारी गराउँछौँ कि हामीले आज मिति २०७८ साल असोज २५ गते सोमबार बिहान डोलेश्वर महादेवकाे दर्शन गर्यौँ। त्यसपछि परिवारको उपस्थितिमा त्यहीँ विवाह सम्पन्न गर्यौँ। अनि, सपरिवार मानव सेवा आश्रम (कौशलटार)मा रहेका  बुवाआमालाई खाना खुवाएर/खाएर विवाह सम्पन्न गरेका छौँ  । परिस्थिति सिर्जित हाम्रो यो नयाँ अध्यायलाई शुभकामना र आशीर्वाद प्रदान गर्ने सबैलाई धन्यवाद। 

नवदुर्गा भवानीले सबैको रक्षा गरुन्। बडादशैँको हार्दिक शुभकामना!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .