ad ad

कला


७९औं जन्मदिनमा अमिताभको घोषणा : अब पान मसलाको विज्ञापन गर्दिनँ

७९औं जन्मदिनमा अमिताभको घोषणा : अब पान मसलाको विज्ञापन गर्दिनँ

नेपालखबर
असोज २५, २०७८ सोमबार १५:२८, काठमाडौँ

बलिउडका महानायक अमिताभ बच्चन आज (सोमबारं आफ्नो ७९औं जन्मदिन मनाउँदै छन्। यस विशेष दिनका अवसरमा उनले एउटा ठूलो निर्णय गरेका छन्। 

उनले ‘कमला पसन्द’सँगको सम्झौता अन्त्य गरेका हुन्। अमिताभले आफ्नो अफिसियल ब्लगमार्फत यसको जानकारी दिएका हुन्।

अमिताभको ब्लगमा जारी वक्तव्यमा भनिएको छ, ‘कमला पसन्दका विज्ञपान प्रसारण भएको केही दिनपछि अमिताभल बच्चनले ब्रान्डसँग सम्पर्क गरे र गत हप्ता यो सम्झौता अन्त्य गर्ने निर्णय गरे। जब अमिताभ बच्चन उक्त ब्रान्डसँग जोडिए, तब उनलाई जानकारी थिएन कि यो सरोगेट विज्ञापनअन्तर्गत हो। अमिताभले ब्रान्डसँगको अनुबन्ध तोडेका छन र प्रमोसन फि पनि फिर्ता गरेका छन्।’

विज्ञापनका कारण ट्रोल बनेका थिए अमिताभ
भारतीय सञ्चारमाध्यमका अनुसार केही दिनअघि अमिताभ रणवीर सिंहका साथ कमला पसन्द पान मसलाको विज्ञापनमा देखिएका थिएं। शाहरुख खान, अजय देवगनले जस्तै पान मसालाको विज्ञापन गरेको भन्दै अमिताभले धेरै ट्रोलिङको सामना गर्नुपरेको थियो। 

वास्तवमा अमिताभ बच्चनले एउटा पोस्ट सेयर गर्दै लेखेका थिए, ‘घडी किनेर हातमा के बाँधेको थिएँ, समय पछि पर्यो।’ जसमा कमेन्ट गर्दै एक जनाले लेखेका थिए, ‘नमस्कार सर, मात्र एउटा कुरा सोध्नुछ तपाईंसँग–  तपाईंलाई पनि कमला पसन्द पान मसलाको विज्ञापन गर्नुपर्यो? उसो भए तपाईं र यी साना पुँजीपतिबीच फरक नै के रह्यो र!’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .