फिल्म सुटिङका क्रममा हाल सोलुखुम्बुको लुक्लामा रहेका बलिउड कलाकार अनुपम खेरले त्यहाँ स्थानीय बालबालिकालाई स्वेटर वितरण गरेका छन्।
सामाजिक सञ्जालमा सार्वजनिक भिअिडोमा उनले बालबालिकासँग रमाइलो कुरा गरेका छन्।
र, ‘मेरी आमाले ससाना बालबालिकाका लागि स्वेटर बुन्नुहुन्छ’ भन्दै एक बोरा स्वेटर लिएर आउँछन् र बालबालिकालाई मन परेको रङ छानेर लैजान भनेका छन्। बालबालिका रमाउँदै स्वेटर छानेको दृश्य भिडिओमा देखिन्छ।
हेर्नुहाेस्-
बलिउड सिनेमा ‘उचाइ’ सुटिङका लागि अनुपम खेर, परिणीति चाेपडा र बोमन इरानी अहिले नेपालमा छन्। काठमाडौंमा केही समय बिताएर उनीहरू गत बुधबार असोज २० गते लुक्ला प्रस्थान गरेका छन्।
याे पनि :
180
Shares
प्रतिक्रिया