कला


सुजिता बस्नेत भइन् ‘मिस युनिभर्स नेपाल २०२१’, पाइन् १० लाखसहित हीराजडित ताज

सुजिता बस्नेत भइन् ‘मिस युनिभर्स नेपाल २०२१’, पाइन् १० लाखसहित हीराजडित ताज

नेपालखबर
कात्तिक १४, २०७८ आइतबार ५:१७, काठमाडौँ

‘मिस युनिभर्स नेपाल २०२१’ को उपाधि सुजिता बस्नेतले जितेकी छन्।

शनिबार काठमाडौंस्थित होटल याक एन्ड यतिमा भएको फिनालेमा १५ प्रतिस्पर्धीलाई उछिन्दै उनले १० लाख नगदसहित हीरा जडित ताज लिन सफल भएकी हुन्। 

उपाधि विजेता सुजितालाई गत वर्ष ‘मिस युनिभर्स नेपाल’ जितेकी अंशिका शर्माले ताज लगाइदिएकी थिइन्। 

दोस्रो संस्करणको मिस युनिभर्स नेपाल विजेता बन्न सफल सुजिताले आगामी डिसेम्बरमा इजरायलमा हुने ‘मिस युनिभर्स’ मा सहभागी हुन पाउनेछिन्। 

यस्तै निनाकान्ता मण्डल फस्ट रनरअप, रक्षा उप्रेती सेकेन्ड रनरअप, प्रतीक्षा महरा क्षेत्री थर्ड रनरअप र डा. केशु खड्का फोर्थ रनरअप भएका छन्।

प्रतियोगीको निर्णायक मण्डलमा गायिका इन्दिरा जोशी, मानसी अग्रबाल, सरिता ज्ञावलीलगायत थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad