‘क्रुज ड्रग’ मुद्दामा छोरा आर्यन खानले उच्च अदालतबाट जमानत पाएसँगै शाहरुख खानले राहत महसुस गरेका छन्।
लागु औषध प्रकरणमा आर्यनको गिरफ्तारीपछि शाहरुखले सबै फिल्म र विज्ञापनको सुटिङ रोकेका थिए।
तर आर्यन छुटेसँगै शाहरुखले फेरि सुटिङ थाल्ने भएका छन्। शाहरुखले यही नोभेम्बर २ मा आफ्नो जन्मदिन मनाउँदैछन्।
त्यसपछि नोभेम्बर १३ मा छोरा आर्यन खानको जन्मदिन परेको छ। समाचार अनुसार १३ नोभेम्बरमा पर्ने आर्यनको जन्मदिनपछि शाहरुख सबै फिल्मको सुटिङमा जुट्नेछन्।
शाहरुखले आफ्नो जन्मदिन गत बर्षहरुमा धुमधामसँग मनाउँथे। यो पटक उनले जन्मदिन नमनाउने निर्णय गरेका छन्।
यस वर्ष पनि उनले आफ्नो निवास मन्नत बाहिर कयौँ दिनदेखि कुरिरहेका फ्यानहरूलाई भेट्ने भएका छन्।
आर्यन खानलाई जमानत दिन अदालतले १४ सर्त राखेको छ। शाहरुखले यसलाई पालना गर्दै छोरा र परिवारसँग केही समय बिताउन चाहेका छन्।
शाहरुखले आफ्ना दुई फिल्मको छायाँकन अर्को महिना सुरु गर्ने निर्मातालाई जानकारी दिइसकेका छन्।
Shares

प्रतिक्रिया