काठमाडौंस्थित पशुपतिनाथको मन्दिरमा भेटिएकी एक किशोरीको बलिउड अभिनेता अनुपम खेरले पढाइदिने भएका छन्।
हिन्दी फिल्म ‘उचाइ’ छायाँकनका क्रममा नेपाल आएको बेला खेरले आरती नामकी ती किशोरीलाई पशुपतिनाथ मन्दिर परिसरमा भेटेका थिए।
उनले उचाइ फिल्मको सुटिङ सकेपछि मंलबार ट्वीट गर्दै किशोरीको सबै पढाइ खर्च आफूले व्यहोर्ने वाचा गरेका हुन्। उनले ती बालिकाले भारतको राजस्थान घर बताएको उल्लेख गरेका छन्।
किशोरीले आफू स्कुल गएर पढ्न चाहेको खेरसँग बताएकी थिइन्। पैसा अभावमा स्कुल जान नसकेकी उनको इच्छा आफूले पूरा गर्ने उनले बताएका छन्।
आफ्नो घर भारतको राजस्थान भएको बताउँदै किशोरीले उनीसँग पैसा मागेकी थिइन्। किशोरीमा राम्रो अंग्रेजी बोल्न सक्ने क्षमता रहेको भन्दै खेरले उनको प्रशंसा पनि गरेका छन्।
— Anupam Kher (@AnupamPKher) November 2, 2021मुझे आरती काठमांडू में एक मंदिर के बाहर मिली।ये वैसे राजस्थान से है! उसने मुझसे कुछ पैसे माँगे! फिर मेरे साथ 1 फ़ोटो खिंचवाई।इसके बाद बहुत ही फ़र्राटेदार इंग्लिश में बात की। ये स्कूल जाकर पढ़ना चाहती है। @anupamcares ने इसकी पढ़ाई कि ज़िम्मेदारी ली है!🙏🌺 #AnupamKherFondation pic.twitter.com/5CLE3Jb62U
Shares

प्रतिक्रिया