‘म राजेश हमाल’ फिल्मको छायाँकन ५० दिनमा सकिएको छ। निर्देशक जोन योञ्जनका अनुसार फिल्मको सबै छायाँकन धनगढीमा गरिएको हो।
‘राजेश हमाल सुपरस्टार मात्रै होइन, भावना पनि हुन्’ भन्ने ट्यागलाइनमा केन्द्रित रहेको यो फिल्मका निर्माता केदार भुसाल हुन्।
फिल्ममा सञ्चिता लुइँटेल, मुकुन भुसाल, महेश त्रिपाठी, अस्मिता लामिछाने, एवनराज उप्रेती, सञ्जोग रसाइली लगायतले अभिनय गरेका छन्।
फिल्ममा अभिनेता आर्यन सिग्देल अतिथि भूमिकामा छन्। निर्माता भुसालले फिल्ममा राजेशलाई अभिनय गराउन प्रयास गरेका थिए । तर, उनले ‘सत्यम्’ लाई समय दिएकाले त्यो सम्भव भएन।
‘म राजेश हमाल’ महानायकको जीवनीमा आधारित होइन। उनको फिल्मबाट प्रभावित भएका फ्यानहरुको कथा फिल्मले भन्ने निर्देशक भुसालले बताए।
वर्ड पिक्चर, जोया पपया र ढाकाटोपी प्रोडक्सनको ब्यानरमा निर्मित फिल्ममा अनुज हमाल कार्यकारी निर्माता छन्।
जोन योञ्जनकै कथा रहेको फिल्मको स्क्रिनप्ले जोन र सायद कार्कीले मिलेर बनाएका हुन्।
अलोक शुक्लाले खिचेको यो फिल्मलाई भीम विश्वकर्माले सम्पादन गर्दैछन्। सर्लाही निवासी जोनले यसपहिले ‘बाह्र सत्ताइस’ फिल्ममा निर्देशन गरेका थिए।
Shares

प्रतिक्रिया