कला


बन्द हुने भयो ‘मुन्द्रेको कमेडी क्लब’

बन्द हुने भयो ‘मुन्द्रेको कमेडी क्लब’

नेपालखबर
कात्तिक १६, २०७८ मंगलबार १८:३२, काठमाडौँ

चर्चित हास्य कलाकार जितु नेपालले चलाउँदै आएको कमेडी रियालटी शो ‘मुन्द्रेको कमेडी क्लब’ बन्द हुने भएको छ।

निर्मातासमेत रहेका जितुले नै यो शो बन्द गर्न लागेको जानकारी दिएका छन्। उनले एकै फर्म्याटको कार्यक्रम धेरै लामो सयम चलाउँदा खल्लो हुने भएकाले बन्द गर्न लागेको बताएका छन्। 

उनले आफूहरुको रियालिटी शो अन्य भन्दा धेरै लामो भागसम्म चलेको बताएका छन्। उनले अन्य रियालिटी शो  पनि २५/३० भागमा सकिने गरेको तर्क गरेका छन्। 

शो लामो हुनुका साथै कार्यक्रमका सदस्यहरुबीच पनि समस्या आएको बताएका छन्। 

टिमका सदस्यहरुबीचमा पनि समस्या आएपछि उनले टेलिफिल्म जसरी लगातार देखाइरहन कठिन भएकाले बन्द गर्ने निर्णयमा पुगेको बताएका छन्। 

यो शोमा वरिष्ठ कलाकारहरु पनि थिए। यसमा करिश्मा मानन्धर, राजाराम पौडेल, राजेन्द्र नेपाली, उमेश राई लगायतले आफ्नो प्रस्तुति दिने गरेका थिए 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad