लागुऔषध प्रयोग अभियोगमा हिरासतमा रहेका आर्यन खान धरौटीमा रिहा भएको एक हप्ता भइसकेको छ। उनी बलिउड अभिनेता शाहरुख खानका छोरा हुन्।
पानीजहाजभित्र ड्रग्स पार्टी गरिरहेको भन्दै भारतको लागुऔषध घटना अनुसन्धान गर्ने निकाय नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) को टोलीले अन्य केही व्यक्तिसहित आर्यन खानलाई गत अक्टोबर २ मा पक्राउ गरेको थियो।
त्यसयता उनी हिरासतमा थिए। तर अदालतले धेरौटीमा रिहा गर्न आदेश दिएपछि उनी एक लाख रुपैयाँ (भारतीय) धरौटी राखेर गत अक्टोबरकै ३० तारिखका दिन जेलबाट मुक्त भएका हुन्।
भारतीय सञ्चारमाध्यमका अनुुसार आर्यन अहिले मुम्बईको अलिबागस्थित फार्म हाउसमा बसिरहेका छन्। जहाँ उनको सुरक्षाका लागि बडिगार्ड तैनाथ गरिएको छ।
यतिबेला उनी पहिलाको जस्तो स्टारडम छोडेर सामान्य जीवनशैली अपनाइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
उनी हरेक शुक्रबार तारिखमा एनसीबीको कार्यालय धाइरहेका छन्। यस क्रममा आज बिहान पनि उनी त्यहाँ पुगेका थिए।
उनलाई त्यहाँका अधिकारीले बिहान ११ बजेदेखि २ बजेसम्म बयान लिएका थिए।
अहिले उनी आफ्ना बुबा शाहरुख खानसँगै बसिरहेका हुन्। आर्यन अहिले मनोवैज्ञानिक पुस्तक ‘द गर्ल विथ द डैगन टाटु’ पढिरहेका छन्।
यस्तै उनले आफ्ना पितालाई फिल्मको काममा सघाइरहेका पनि छन्। शाहरुख खान यतिबेला ‘पठान’ फिल्मको काममा व्यस्त छन्।
यो पनि : आर्यन खान २७ दिनपछि रिहा त भए, तर जीवन यी १४ सर्तको बन्धनमा
Shares

प्रतिक्रिया