कला


पन्जाबमा अक्षय कुमारको ‘सूर्यवंशी’ प्रदर्शन गर्न रोक, किसानले च्याते पोस्टर

पन्जाबमा अक्षय कुमारको ‘सूर्यवंशी’ प्रदर्शन गर्न रोक, किसानले च्याते पोस्टर

नेपालखबर
कात्तिक २१, २०७८ आइतबार ७:०, काठमाडौँ

भारत सरकारले ल्याएको कृषि कानुनविरुद्ध आन्दोलनरत केही किसानले पन्जाबको होसियारपुरमा अक्षय कुमारको फिल्म ‘सूर्यवंशी’ प्रदर्शनमा रोक लगाएका छन्। 

समाचार एजेन्सी पीटीआईका अनुसार प्रदर्शनकारीले त्यहाँका पाँच फिल्म हलमा टाँसिएका ‘सूर्यवंशी’का पोस्टर च्यात्दै याे चलचित्र प्रदर्शन गर्न नदिएका हुन्।

आफ्नो आन्दोलनलाई समर्थन नगरेको भन्दै आन्दोलित किसानले अभिनेता अक्षय कुमारको विरोध गरेको बताइएको छ। 

भारतीय किसान युनियन (कादियान) का कार्यकर्ताले संगठनका जिल्ला एकाइ अध्यक्ष स्वर्ण ढुग्गाको नेतृत्वमा विरोध प्रदर्शन गरेका थिए। चलचित्र ‘सूर्यवंशी’को विरोधमा संगठनका कार्यकर्ताले सहरको सहिद उधमसिंह पार्कदेखि स्वर्ण सिनेमा हलसम्म र्‍यालीसमेत निकालेका थिए।

प्रदर्शनकारीले फिल्म हल सञ्चालकलाई ‘सूर्यवंशी’ देखाउन प्रतिबन्ध लगाएका छन्। आन्दोलित किसानले जबसम्म भारतको केन्द्रीय सरकारले कृषि कानुन फिर्ता लिँदैन तबसम्म उक्त चलचित्र प्रदर्शनको अनुमति नदिने चेतावनी दिएका छन्। 

भारतका किसान गत वर्ष नोभेम्बरदेखि आन्दोलित छन्। 

यो पनि : ​अक्षय कुमारको 'सूर्यवंशी'ले हलमा फर्कायो नेपाली दर्शक

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad