अभिनेत्री नम्रता श्रेष्ठको ‘ब्रेकअप’ भएको छ। प्रेमी दावा स्टिभन शेर्पासँग चार वर्षदेखिको प्रेम सम्बन्ध टुंगिएको हो।
जानकार स्रोतका अनुसार दुई जनाबीच सहमतिमै केही महिनाअघि नै प्रेम सम्बन्ध टुंग्याइएको हो।
पर्यटन व्यवसायी प्रेमी शेर्पासँग नायिका नम्रता देश–विदेश घुमेकी थिइन्। चाँडै बिहे गर्ने योजना रहेको समाचारसमेत आएका थिए।
तर एकअर्काबीच असहज महसुस हुन थालेपछि सम्बन्ध टुंग्याइएको प्रतिक्रिया नम्रताले दिएकी छन्।

यसअघि नायिका नम्रताले आफ्ना प्रेमीसँग घुमेका तस्बिर निकै राख्ने गरेकी थिइन्।
तर केही समययता त्यस्तो तस्बिर देखिन छाडेपछि उनीहरूको सम्बन्ध टुटेको हो कि भन्ने आशंका गरिएको थियो।
8.4k
Shares

प्रतिक्रिया