ad ad

कला


‘मिस एयरहोस्टेज २०२१’को छनोट चरण सम्पन्न, २२ गतेदेखि २ घण्टा तालिम

‘मिस एयरहोस्टेज २०२१’को छनोट चरण सम्पन्न, २२ गतेदेखि २ घण्टा तालिम

नेपालखबर
मंसिर २०, २०७८ सोमबार १७:५६, काठमाडौँ

विगत १३ वर्षदेखि निरन्तररुपमा विभिन्न सौन्दर्य प्रतियोगिताहरुको आयोजना गर्दै आएको सिजन मिडियाले ‘मिस एयर होस्टेज २०२१’ पाचौं संस्करणको छनौट चरण सम्पन्न भएको छ । 

उपत्यका लगायत मोफसलका विभिन्न एयरहोस्टेजको तालिम केन्द्रमा तालिम लिइरहेका साथै विभिन्न समयमा एयरहोस्टेजसम्बन्धी तालिम लिएर जागिरको खोजीमा बसेका अथवा विमान परिचारिका बन्ने लक्ष्य लिएकाहरुमध्ये यस प्रतियोगितामा सहभागीका लागि ४५ जना युवतीहरुले आवेदन दिएका थिए। 

उक्त छनौट कार्यक्रममा निर्णायकमा अफिसियल कोरीयोग्राफर रोजिन शाक्य,एयरहोस्टेज तालिम प्रशिक्षक गौरिकला थापा, हिमालयन एयरलाइन्सका सिसनयर इन्जिनीयर रन्जित जैसवाल र सेमन्त श्रेष्ठ रहेका थिए। 

पहिलो चरणको छनौटबाट छनौट भएका प्रतियोगीहरुलाई मंसिरको २२ गतेबाट राष्ट्रिय नाचघर जमलमा दिनको २ देखि ४ बजेसम्म तालिम सञ्चालन गरिनेछ। 

विमान परिचारिका बन्न चाहाने युवतीहरुको लागि विशेष फोकस गरी उनीहरुको शैक्षिक विकास , व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, रोजगारीको लागि अवसर साथै उनीहरुको आन्तरीक क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको विकास गराई  एक कुसल विमान परिचारिका तथा शिक्षित व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने हेतुले यो कार्यक्रम गरिएको सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले बताए।      

विगत केही वर्षको अन्तरालपछि फेरि पनि यस प्रतियोगीतालाई निरन्तरता दिने हेतुले योे पाचौं चरणको लागि आवेदन फारम खुल्ला गरिएको हो। 

उक्त प्रतियोगीतनत्मक कार्यक्रममा २५ जना प्रतियोगीहरुलाई  सहभागी गराइनेछ। अन्तिम प्रतिस्पर्धा पुसको पहिलो साता राजधानीमा सम्पन्न हुनेछ। 

प्रतियोगिताका विजेताले ‘मिस एयर होस्टेज २०२१’ को ताज उपाधिसहित विमान परिचारिका बन्ने अवसर प्रदान गरिने बताइएको छ। 

साथै उच्च शिक्षाको लागि छात्रावृत्ति साथै वैदेशिक शिक्षाको लागि पनि लागि छात्रावृत्ति प्रदान गरिनेछ भने अन्य विभिन्न उपहारहरु पनि प्रदान गरिनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .