नेपाली सिनेमा हलमा दुई विदेशी फिल्म प्रदर्शन भएका छन्। भारतीय फिल्म ‘अल्फा’ र ‘बेबी डु डाइ डु’ एकसाथ हलमा लागेका हुन्। यो साता नेपाली फिल्म भने हलमा छैनन्।
एक्सनप्रधान फिल्म ‘अल्फा’मा आलिया भट्ट मुख्य भूमिकामा छिन्। यस फिल्ममा आलियासहित शर्वरी, अनिल कपुर, बबी देओल लगायतको अभिनय छ।
साथै ऋतिक रोशनको विशेष भूमिका छ। ‘वार’ र ‘वार-२’ का लोकप्रिय पात्र मेजर कबिर धालीवालको भूमिकामा ऋतिक रोशनलाई देखाइएको छ।
शिव रवैल निर्देशित फिल्ममा आलिया ‘अल्फा’ सीताको भूमिकामा छिन्। यशराज फिल्मको स्पाई युनिभर्सअन्तर्गतको यो फिल्म आदित्य चोपडाको निर्माणमा बनेको हो।
एक्सन र थ्रिलर जनरामा बनेको ‘बेबी डु डाइ डु’ का निर्देशक नचिकेत सामन्त हुन्। निर्माण टिमकाअनुसार यो फिल्म बेबी नामकी एक रहस्यमय महिलाको कथामा आधारित छ।
उनी बाहिरबाट साधारण जीवन जिउँछिन् तर भित्रभित्रै उनी अन्डरवर्ल्डसँग जोडिएर हिंसात्मक र खतरनाक आपराधिक क्रियाकलापमा सहभागी हुन्छिन्।
यस फिल्ममा हुमा कुरेशी, सिकन्दर खेर, चंकी पाण्डे, सीमा पाहवा, रचित सिंह, विद्या मालवडे, हिमांशु मलिक, मरुधर शेखावत र अरुण कुशवाहलगायत कलाकारको अभिनय छ।
Shares

प्रतिक्रिया