राजनीति


सरकारले सय दिनमा जनतालाई महसुस हुनेगरी काम गर्न सकेन: हर्कराज साम्पाङ

सरकारले सय दिनमा जनतालाई महसुस हुनेगरी काम गर्न सकेन: हर्कराज साम्पाङ

नेपालखबर
असार १९, २०८३ शुक्रबार १३:५, काठमाडौँ

सरकारले आफनो सय दिनमा जनताले महसुस हुनेगरी काम गर्न नसकेको श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले टिप्पणी गरेका छन्। 

दार्चुलाको दुर्गम गाउँमा झोलुंगेपुल उद्घाटन गरी शुक्रबार काठमाडौँ फर्किएका साम्पाङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीमाझ कुरकानी गर्दै सरकारले काम गर्न नसकेको बताए। वालेन्द्र शाह नेतृत्वको सरकारले केही गर्ने कोशिस गरे पनि जनताले महसुस हुनेगरी परिणाम दिन नसकेको उनको भनाइ छ। 

‘कोशिस उहाँहरुले गर्नुभएको हो। तर रिजल्ट चाहीँ जनतालाई त्यति महसुस भएको छैन। रिजल्ट भएको महशुस हुुनुपर्दछ,’ उनले भने। 

महंगी धेरै बढेकाले त्यसको नियन्त्रण गर्न आफूहरूले सरकारलाई सुझाव दिँदै आएको पनि उनले स्मरण गराए। सरकारले सय दिनमा गरेका कामको जनताले महसुस गरेजस्तो आफ्नो अनुभुति नरहेको साम्पाङले सुनाए। ‘महंगी धेरै भयो। अब महंगी नियन्त्रण गर्नुपर्दछ भन्ने हाम्रो सल्लाह सुझाव रहेको थियो,’ साम्पाङले भने।

दार्चुलाको विकास निर्माणमा सहभागी हुन पाउँदा खुशी लागेको उनले सुनाए। श्रम संस्कृति पार्टीको टोलीले दार्चुलाको दुम्लिङमा झोलुंगे पुल निर्माण गरेको छ। त्यसको अध्यक्ष साम्पाङले बिहीबार उद्घाटन गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad