राजनीति


असारभित्रै राष्ट्रिय भेला बोलाउने गृहकार्यमा कांग्रेस संस्थापन इतर पक्ष

असारभित्रै राष्ट्रिय भेला बोलाउने गृहकार्यमा कांग्रेस संस्थापन इतर पक्ष

नेपालखबर
असार १९, २०८३ शुक्रबार १८:३, काठमाडौँ

नेपाली कांग्रेसको संस्थापन इतर समूहले राष्ट्रिय भेला बोलाउने निष्कर्ष निकालेको छ। 

शुक्रबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवास गोल्फुटारमा बसेको बैठकले असारभित्रै राष्ट्रिय भेला बोलाएर आगामी गन्तव्य तय गर्ने निष्कर्ष निकालेको नेता मीन विश्वकर्माले नेपालखबरलाई बताए। त्यसका लागि असार २२ मा महाराजगञ्जको चुनदेवीमा खोलिएको सम्पर्क कार्यालयमा बस्ने बैठकले राष्ट्रिय भेलाको मिति तय गर्ने उनको भनाइ छ। 

अब १५औँ महाधिवेशनसम्बन्धी तयारीका गतिविधिहरू चुवदेवीको सम्पर्क कार्यालयबाट सञ्चालन गर्ने निर्णय भएको विश्वकर्माले बताए। ‘निवर्तमान कार्यवाहक सभापतिको निवासमा आज हामी छलफल गर्‍यौँ, आजको छलफलको मुख्य कुरा के हो भने अब सम्पर्क कार्यालय बनाउने र चुनदेवीस्थित कार्यालयबाट १५औँ महाधिवेशन तयारीका सन्दर्भमा छलफल र बैठक गर्ने निर्णय भएको छ,’ बैठकपछि विश्वकर्माले भने। 

आजको छलफलमा संस्थापन पक्षका नेताहरूसँग संवाद गरेका नेताहरूले ‘ब्रिफिङ’ गरेका थिए। ‘पछिल्लो समय भएको भेटवार्ताबारे ब्रिफिङ भएको छ। संस्थापन पक्षसँग सार्थक वार्ता नभएको उहाँहरूले जानकारी गराउनुभयो,’ उनले भने, ‘संस्थापन पक्षका नेताहरू पार्टी मिलाउन गम्भीर नबनेको साझा निष्कर्ष थियो। अब आगामी गन्तव्यबारे राष्ट्रिय भेलाबाट निर्णय लिनुपर्छ भन्ने कुरा भएको छ।’

आजको बैठकमा नेताहरू डा. शशांक कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र महालक्ष्मी उपाध्याय ‘डिना’ लगायत सहभागी थिए। यसैगरी, पूर्वगृहमन्त्री रमेश लेखक, नेताहरू डा. प्रकाशशरण महत, एनपी साउद, मीनबहादुर विश्वकर्मा, आनन्दप्रसाद ढुङ्गाना, मोहनबहादुर बस्नेत, वीरबहादुर बलायर र श्याम घिमिरे पनि सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad