ad ad

कला


‘नेपाल आइडल’को चौथो संस्करण बिहीबार, फेरिए निर्णायक

‘नेपाल आइडल’को चौथो संस्करण बिहीबार, फेरिए निर्णायक

नेपालखबर
मंसिर २१, २०७८ मंगलबार ५:४, काठमाडौँ

गायन रियालिटी सो नेपाल आइडलको चौथो संस्करण यही मंसिर २३ गते बिहीबारबाट प्रसारण हुने भएको छ। 

कार्यक्रमका होस्ट आसिफ साहले सामाजिक सञ्जालमार्फत चौथो संस्करण प्रसारण हुने मिति जानकारी दिएका हुन्। 

यसैबीच नेपाल आइडलको चौथो संस्करणमा निर्णायक परिवर्तन गरिने भएको छ। नयाँ निर्णायकमा गायक एवं वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, सुगम पोखरेल र सुवानी मोक्तान रहनेछन्। 

यसअघि नेपाल आइडलको तेस्रो संस्करणसम्म निर्णायक मण्डलमा न्ह्‍यू बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी थिए। 

नेपाल आइडलको चौथो संस्करण एपीवान टेलिभिजनमा राति साढे ८ बजे प्रसारण हुने आयोजकले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .