बलिउड अभिनेत्री कटरिना कैफ र अभिनेता विक्की कौशलले बिहीबार बिहे गरेका छन्।
उनीहरुले राजस्थानको सवाई माधोपुरस्थित सिक्स सेन्सेस फोर्ट बरवाडामा बिहेको विधि पूरा गरेका हुन्।
दुवैले बिहीबार साँझ ५ फेरो लिए। उनीहरूको बिहेको फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ।
राति साढे ८ बजे विक्की कौशलले आफ्नो इन्स्टाग्राम एकाउन्टबाट बिहेको तस्बिर सार्वजनिक गरेका छन्।
यी तस्बिरमा विक्कीले एक सन्देश लेखेका छन्, 'हाम्रो दिलमा अहिले केबल माया र कृतज्ञता मात्रै छ। जसले हामीलाई यो क्षणसम्म ल्याइ पुर्याएको छ। तपाईंहरु सबैले माया र आशीर्वाद दिएकाले हामी एक नयाँ यात्राको सुरुवातमा छौँ।'
यी तस्बिरमा कटरिना जुरो बाँधेर, गजरा लगाएर रातो लेहेङ्गामा सजिएको देखिएकी छन्। विक्की कौशल सेतो शेरवानीमा देखिएका छन्। यीनीहरुको बिहेपछि होटलले गाउँलेलाई पनि मिठाइ बाँडेको छ।




Shares

प्रतिक्रिया